Saturday, December 14, 2024

सिन्धुलीमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ । बागमती प्रदेशको ४९ लाख ९९ हजार लागतमा जबुट्टा कला केन्द्रको भवन निर्माण सम्पन्न हुने छ ।

केहि दिन अगाडिबाट जर्बुट्टा केन्द्रको भवन निर्माण कार्य सुरुभएको जर्बुट्टा कलाका सर्जक विशम्बर लामिछानेले बताए । यहि जेष्ठ भित्र भवन निर्माण हुनेछ । लामिछानेले जर्बुट्टा केन्द्रको भवन निर्माणका लागि ४० लाख बराबरको जग्गा हस्तान्तरण गरेका थिए ।

जर्बुट्टा कला केन्द्रमा जर्बुट्टासँग सम्बन्धीत विभिन्न कला हेर्न सकिने छ । नेपालमै पहिलो पटक जर्बुट्टाकला बनाउने आफु रहेको बताउँदै उनले आफैले निर्माण गरेको जर्बुट्टाकला उक्त केन्द्रमा राखिने बताए । आफुले बनाएको जर्बुट्टा कला राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चाको विषय बनेको र राष्ट्रले नै सम्पत्ति साथै दुलर्भ हुने डरमा जर्बुट्टाकलालाई व्यवस्थित बनाउन बजेट विनियोजन गरेको उनको भनाइ छ ।

निर्माण हुने कला केन्द्रको भवन भने कला संग्राहलय जस्तो नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । “प्रदेश सरकारले बजेट त विनियोजन ग¥यो । तर भवन निर्माणका लागि उहाँहरुले नै स्टमेट गर्दिनुभयो । हामीलाई भवन निर्माणको लागि सबै अधिकार प्रदान गरेको भए, कलात्मक किसिमको मठमन्दिर, संग्राहालय लगाएत थुपै्र कुराको अनुभव हामीसँग पनि थियो ।

त्यस्तै किसिमको संग्राहलय निर्माण गर्ने थियौँ । तर त्यो मौका हामीलाई दिइएन् । ” उनले भने । निर्माण भइरहेको कला केन्द्रको भवनमा आफ्नो जर्बुट्टाकला व्यवस्थित नहुने उनको भनाई छ । भवन निर्माण सम्पन्न भएपनि भवनभित्र जर्बुट्टाकला राख्ने व्यवस्थित स्थान नभएसम्म आफ्नो कलालाई उक्त भवनमा नराख्ने उनको अडान छ । “कला केन्द्रको भवन निर्माण सम्पन्न हुने वित्तिकै म मेरो कलालाई त्यहाँ राख्न दिन्न् । भवन भित्र जर्बुट्टा कला राख्न व्यवस्थित स्थान निर्माण भएपछि मात्र कला राखिने छ ।” उनले भने ।

spot_img

Hot Topics

Related Articles