Tuesday, November 5, 2024

सिन्धुलीमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

सिन्धुली – मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएकोे मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले बताउनुभयो । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् ।

सिन्धुलीमा १ हजार २ सय २० जना अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ ।

spot_img

Hot Topics

Related Articles