सिन्धुली – नेपाली वीर गोर्खालीहरुले साम्राज्यवादी ब्रिटिस अंग्रेज सेनाहरुसँग भएको युद्धमा विजय प्राप्त गरेको स्मरणमा सिन्धुलीगढीमा २५५ औं विजयोत्सव समारोहको आयोजना गरिने भएको छ ।
कात्तिक २४ गते विहिबार गोर्खाली फौजले साम्राज्यवादी ब्रिटिस सेनाहरुलाई परास्त गराएको २५५ वर्ष पुरा भएको स्मरणमा सिन्धुलीगढीमा विभिन्न कार्यक्रमको आयोजना गरि विजयोत्सव मनाइने भएको हो । यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाले जनाएको छ ।
सिन्धुलीगढीान विभिन्न संघसंस्था तथा समितिले सरसफाइ गर्न सुरु गरेको छ । विजयोत्सव कार्यक्रमका लागि सरसफाइ सुरु गरिएको हो ।
सोमबार प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कमलामाई नगर इकाइ समितिले सिन्धुलीगढी सरसरफाइ गरेको छ । यस्तै, कमलामाई नगरपालिकाले पनि कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।
सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो ।
२०२० सालसम्म जिल्लाको सदरमुकामसमेत सिन्धुलीगढीमै थियो । तर, २०२० सालमा सदरमुकाम माढीमा झारीएपछि गढीको संरचना भत्किएर लोप हुँदै गएका थिए।
सिन्धुलीगढीबाट काठमाडौं छिर्न नपाएको झोकमा हरिहरपुरगढी किल्ला हुँदै काठमाडौं उपत्यकाको आक्रमणमा अघि सरेको अंग्रेज फौज वि.स १८२४ मै त्यहाँ पनि हारेर रौतहट जिल्ला फर्केको इतिहास रहेको गढीका अध्यता सागरकुमार ढकालको भनाई छ । गढीमा हिल स्टे र सिन्धुलीगढी (रानी) दरबारको पुनर्निर्माणको काम तिब्र गतिमा भईरहेको नगरपालिकाले जनाएको छ ।