Thursday, March 27, 2025

सिन्धुलीको २ वटै क्षेत्रमा गठबन्धनको अग्रता, प्रदेशसभामा गठबन्धन विजयी

सिन्धुली – सिन्धुलीको २ वटै क्षेत्रमा गठबन्धनतर्फको अग्रता छ । यो समाचार तयार गर्दा (विहान ६ बजे सम्म)कुल २४ हजार २ सय २ मत गणना हुदाँ सिन्धुली क्षेत्र नम्बर १ मा १ हजार ५ सय ८५ मतान्तरले बाम गठबन्धनतर्फका नेपाली काँग्रेसका उम्मेदवार श्याम घिमिरे अग्र स्थानमा हुनुहुन्छ ।

घिमिरेले कुल कूल १२ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार प्रदिप कटुवाल घिमिरेलाई पछ्याउदै हुनुहुन्छ । कुटुवालले कुल १० हजार ५ सय ४३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पाटिका उम्मेदवार मेनुका ठकुरी चुनाव चिन्ह घण्टी तेस्रो स्थानमा देखिन्छ । घण्टीले ५ सय ७९ मत प्राप्त गरेको छ । यस्तै, हलो ६७, छाता ३९, कुखुराको भाले ९०, त्रिशुल २१, गैति २८, मादल ३५, खरायो ३, सेफटि पिन ६, महिला चुनाव चिन्हले ४ मत प्राप्त गरेको छ । कुल ६ सय ७७ मत बदर भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को तिनपाटन गाउँपालिका र फिक्कल गाउँपालिकाको मतगणना सकिएको छ । गोलन्जोर र दुधौली नगरपालिकाको मत गणना जारी छ ।

यस्तै, प्रदेशसभा सदस्य १ को १ मा बाम गठबन्धन १ हजार २ सय ५९ मतान्तरले अग्र स्थानमा छ । ९ हजार १ सय १२ मत गणना हुदाँ गठबन्धनतर्फका नेकपा माओवादीका उम्मेदवार मातृका भट्टराइले ४ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउदै नेकपा एमालेका सुभास देवकोटाले ३ हजार ५ सय ८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पाटी तेस्रो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार रामनारायण अधिकारी चुनाव चिन्ह हलोले ३ सय ८८ मत प्राप्त गरेको छ । यस्तै चुनाव चिन्ह मादलले १५, डफिलन ८१ मत प्राप्त गरेको छ । कुल ३ सय ५१ मत बदर भएको छ ।

प्रदेशसभा सदस्य १ को २ मा पनि बाम गठबन्धन अग्र स्थानमा छ । कुल १० हजार ५ सय ३० मतगणना हुदाँ बाम गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार रामकुमार पहाडिले ५ हजार ५ सय ३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार बहादुर कार्किले ४ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ । १ हजार १ सय ८९ मतान्तरले पहाडि अग्र स्थानमा हुनुहन्छ । राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार राजेश मगर चुनाव चिन्ह हलोले १ सय ९१ मत प्राप्त गरेको छ । गैति ५० र मादल चुनाव चिन्हले १२ मत प्राप्त गरेको छ । कुल २ सय ३४ मत बदर भएको छ ।

spot_img

Hot Topics

Related Articles