Thursday, March 27, 2025

सिन्धुलीको मुसहर समुदायको माग खानेपानी र रोजगारी

सिन्धुली – देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला सिन्धुलीको दुधौली नगरपालिका ११ पत्रिंगाका मुसहर मुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन ।

वर्षौ देखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो गरिरहने यी समुदायलाई नेतृत्वले सेवा सुविधा दिने सवालमा खासै नसम्झेको उनीहरूको गुनासो छ । खानेपानीको समस्या रहेको त्यस समुदायमा विभिन्न एजेण्डा लिएर नेताहरु मत माग्न पुगिरहेका छन् । मत माग्न पुगेका नेताहरु उनीहरुले खानेपानी र रोजगारीकै माग गरिरहेका छन्।

उनीहरू जति निर्वाचन र जति नेतृत्व चयन भए पनि आफूहरूका समस्या समाधान नभएको गुनासो गर्छन् । यस मुसहर समुदायमा ४४ घर सरकारले बनाइदिएको छ । घर बनाइदिएपनि आफुहरु आधारभूत कुराबाट बचिंत रहेको उनीहरुले गुनासो गरेका छन् । शिक्षा, खानेपानी, रोजगारी र स्वास्थ्यबाट आफुहरु बचिंत रहेको उनीहरुको भनाइ छ ।

यस समुदायका अधिकांश परिवारका सदस्य रोजगारीका लागि भारत गएका छन् । यहाँ जीविका चलाउन कठिन भएपछि रोजगारीका लागि मुसहर समुदायका काम गर्ने उमेरका महिला तथा पुरुष भारत कमाउन जान्छन् ।

स्थानीय तुलाराम सदाले आफ्नो समुदायका थुप्रै समस्या रहेको बताउनुभयो । “दीर्घकालीन सीप र व्यवसायको खाँचो छ”, उहाँले भन्नुभयो । उहाँले मुसहर समुदायका नागरिकलाई सीप र रोजगारीसँग नजोडेसम्म आर्थिकरूपमा बलिया हुन नसक्ने बताउनुभयो ।

“यहाँ गुजारा नचलेपछि कमाउन भारत जानुपर्छ, भारतमा निकै पीडादायी काम गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “घरमात्र बनेका छन्, घरले पेट भरिँदैन । रोजगारी दिनुपर्छ । हामीले हाम्रा लागि गरिदिने नेता पाएनौँ ।”

spot_img

Hot Topics

Related Articles