Saturday, July 13, 2024

विकास गर्ने नेतालाई भोट दिनेछौँ – मतदाता

सिन्धुली – प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटेका छन् । उनीहरूका आश्वासन सुन्दै आएका मतदाता भने विकास गर्ने नेतालाई भोट दिने बताउँछन् ।

यसपालीको चुनावका लागि आआफना एजेण्डा लिएर राजनीतिक दल र उम्मेदवार मतदाताको घरदैलोमा पुग्दै गर्दा मतदाताहरू भने गरेको प्रतिवद्धता पूरा गर्ने कार्ययोजना सोध्न थालेका छन् । सडक, खानेपानी, विद्युत लगायत विकासनिर्माणका काम गर्ने अधिकांश दलका उम्मेदवारको प्रतिवद्धता रहने गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ की सिता कार्कि मतदाताहरूमा पहिले भन्दा यसपाली चेतना बढेको बताउनुहुन्छ । विगतको प्रतिनिधि र प्रदेशभा निर्वाचनमा पनि यस्तै आश्वासन नागरिकले सुनेका थिए । तर निर्वाचित कतिपय नेताले प्रतिवद्धता अनुसार काम नगरेका कारण यसपाली काम गर्नेलाई मत दिने फिक्कल गाउँपालिकाका विन्दा मगरको भनाइ छ ।

बारीबगैचा देखि धारापँधेरा सम्म उम्मेदवारहरू पुग्ने र आफूलाई भोट दिनेक्रम गाउँघरमा पनि चलेको छ । तर, मतदाता भने विजयी भएर काम गर्नसक्ने आधारको बारेमा उम्मेदवारसँग छलफल गर्दै आएका छन् ।

spot_img

Hot Topics

Related Articles