Friday, April 25, 2025

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बामगठबन्धन अगाडि

सिन्धुली- सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बामगठबन्धन अगाडि छ । बाम गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल राजन २ हजार ७ सय ९ मतान्तरले अगाडि देखिनुहुन्छ । दाहालले कूल १४ हजार ४ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका उम्मेदवार मनोज जंग थापा दाहाललाई पछ्याउदै हुनुहुन्छ । थापाले ११ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको छ । हाल सम्म सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्र्तगत हरिहरपुरगढी, मरिण गाउँपालिका र कमलामाई नगरपालिकाको केहि वडाको मतगणना सकिएको छ । घ्याङलेख र सुनकोशी गाउँपालिकाको मतगणना जारी छ ।

सोमबार साझबाट गणना निरन्तर जारी रहेको मुख्यनिर्वाचन अधिकृत उपेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सिन्धुली क्षेत्र नम्बर २ को तीन स्थानमा मतगणना भइरहेको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर १ को दुई स्थानमा मत गणना जारी रहेको र पुर्ण रुपमा मत परिणाम आउन करिब ५ दिनलाग्ने निर्वाचन अधिकृत पुरुसोत्तम खतिवडाले जानकारी दिनुभयो ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सिन्धुलीमा मतगणना जारी रहेको छ । सिन्धुलीमा दुई लाख आठ हजार तीन सय ७० मत रहेकोमा १ लाख १८ हजार ९ सय ५० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles