Saturday, July 13, 2024

चितवन-३ मा राप्रपाका पाण्डे ९ हजारभन्दा धेरै मतान्तरले विजयी

चितवन – चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । गएराति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २ सय ३३ मतान्तरले निर्वाचित भएका हुनुभएको हो ।

पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारीले २५ हजार ८ सय २२ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ८ सय ४२ मत प्राप्त गर्नुभयो । दिनेश कोइरालाले १२ हजार २ सय ७५ मत प्राप्त गर्नुभयो। 

spot_img

Hot Topics

Related Articles