Thursday, June 20, 2024

सिन्धुलीमा पटका सहित तीनजना पक्राउ

सिन्धुली – सिन्धुलीमा प्रहरीले पटका सहित दुइजनालाई पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाचँ गर्ने क्रममा पटका फेला पारेको हो ।

कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा बर्दिबासबाट भिमान बजारतर्फ आउँदै गरेको ज.१.ह. २३७५ नं. को अटोको डिकि भित्र लुकाई छिपाई ल्याईएको ८ वटा ठुलो प्याकेट (प्रत्येक प्याकेटमा ७०० पिसका दरले जम्मा ५६०० पिस ) नागिन पटका फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो ।

उहाँका अनुसार पटका सहित अटो,अटोचालक र अटोमा सवार २ जना पुरुष व्यक्तिलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको छ ।

spot_img

Hot Topics

Related Articles