Monday, October 7, 2024

विपीको फोटोमा माल्यार्पण गरी शुरु भयो सुनकोशीमा एमालेको चुनावी अभियान

सिन्धुली- सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको फोटोमा माल्यार्पण गरी जन्म थलो दुम्जाबाट चुनावी अभियान प्रारम्भ गर्नुभएको छ ।

आइतवार बिहान विपीको मन्मथलो दुम्जामा पुगेर एमालेका उमेदवार थापाले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिका बीच सुनकोशी गाउँपालकामा चुनावी अभियान प्रारम्भ गर्नुभएको हो ।

स्वर्गीय कोइरालाको फोटोमा माल्र्यापण गरी प्रारम्भ गरिएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै एमालेका तर्फबाट उमेदवार बन्नुभएका थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा विपीले गर्नुभएको योगदानको स्मरण गर्दै अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी बलियो बनाउन आफु निरन्तर लागिरहने बताउनुभयो ।

उहाँकै पुख्र्यौली घरबाट लोकतान्त्रिक आन्दोलनको बलमा प्राप्त भएको निर्वाचन अभियानको थालनी गर्न पाउँदा आफु गौरवान्वित भएको बताउनुभयो ।

उहाँले विपीले देखाउनु भएको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शबाट आफु अत्यन्त प्रभावित भएको र त्यसलाई अनुशरण गरिरहने प्रण गर्नुभयो ।

उहाँले देखाएको बाटोबाटै नेपालमा निरंकुश शासन व्यवस्थाको अन्त्य भएको बताउँदै सिन्धुली जिल्लाकै बौद्धिक उमेदवार समेत मानिनु भएका थापाले इतिहासलाई विर्सने नभई सम्मान गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । थापाले नेपालको निरंकुशता बिरोधी आन्दोलनमा सहादत प्राप्त गर्ने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सुनकोशी गाउँपालिकामा रहनुभएका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आउँदो निर्वाचनमा विपीको आदर्श मूल्य र मान्यतालाई कहिल्यै भुल्न नसक्ने बताउँदै उहाँको जन्मथालोलाई संग्राहालयका रुपमा बिकास गर्न आफुले भूमिका निर्वाह गर्ने उद्घोष गर्नुभयो ।

स्वर्गीय मातृका प्रसाद कोइरालाले स्थापना गर्नुभएको विद्यालयलाई नमुना विद्यालयका रुपमा विकासगरी उहाँको योगदानको चर्चा गर्नुभयो ।

निरंकुश शासन व्यवस्थाका वेलामा आम जनतालाई सुसुचितगरी जनमत तयार पार्ने उदेश्यले स्थापना गरिएको उक्त विद्यालयलाई गाउँपालिकाकै नमुना विद्यालयमा रुपमा विकास गराउनका लागि आफ्नो तर्फबाट भूमिका खेल्ने बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles