Thursday, May 30, 2024

तिहारमा कमलामाई ४ को ग्रामिण सडक उज्यालो

सिन्धुली – कमलामाई नगरपालिका वडा नम्बर ४ को ग्रामिण सडक उज्यालो भएको छ । सडक बत्ति जडान गरेसँगै ग्रामिण क्षेत्रका बस्ति नै उज्यालो बनेको छ । तिहार आएसँगै गाउँ उज्यालो भएपछि यस क्षेत्रका स्थानिय पनि खुसि देखिएका छन् ।

कमलामाई नगरपालिकाले सडक बत्तिको लागि कुल २५ लाख बजेट विनियोजन गरेको छ । सोहि बजेट अनुसार कमलामाई नगरपालिका ४ को सातपत्रे, देउराली, राएडि लगाएतको स्थानका सडक बत्ति जडान गरिएको हो ।

झण्डै पाँच सय विजुली पोलमा बत्ति जडान गरिएको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो ।

ग्रामिण क्षेत्रका बस्तिमा रातको समयमा हिड्डुल गर्न सहज हुने र दुर्घटना न्युनिकरणका लागि सडक बत्ति जडान गरिएको उहाँले बताउनुभयो ।

विगतमा पोलहरुमा बत्ति जडान नहुँदा चाडपर्वको समयमा चोरी तथा हिँड्डुल गर्न समस्या हुने गर्दथ्यो । बत्ति जडान भएसँगै चोरीको घट्ना कम हुने भन्दै स्थानिय सिता कुमारी वाईबाले खुसि व्यक्ति गर्नुभयो ।

spot_img

Hot Topics

Related Articles