Friday, January 23, 2026

हरिहरपुरगढी गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुपानेट झुल वितरण

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुपानेट झुल वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्ने गर्भवती महिलाहरुलाई मंगलबार महेन्द्रझयाडी स्वास्थ्य चौकीबाट झुल वितरण गरिएको हो ।

मंगलबार महेन्द्रझयाडी स्वास्थ्य चौकीबाट २० जना प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्ने गर्भवती महिला तथा स्वास्थ्य संस्थामा बच्चा जन्माएका महिलाहरुलाई झुल बितरण गरिएको स्वास्थ्य चौकी प्रमुख मनोज बहादुर सुयालले जानकारी दिनु भएको छ ।

प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्ने गर्भवती महिलाहरुलाई प्रोत्साहन स्वरुप झुल बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउँनु भयो ।

वडा नं ४ का वडाध्यक्ष कमल कुमार राईको अध्यक्षता, गाउँपालिकाकका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles