सिन्धुली- सहिद ऋषि राज देवकोटा (आजाद) स्मृती फुटबल प्रतियोगितामा आज विहिबार बिहान भएको पहिलो रोमान्चक खेलमा ब्लु अल्पाइन क्लब सिन्धुलीले सिन्धु सामुदायिक युवा क्लब दुधौलीलाई ४- १ हराउदै फाइनलमा प्रवेश गरेको छ।
आज विहिबार बिहान भएको खेलमा ब्लु अल्पाइन क्लब सिन्धुलीका राकेश चौधरी म्यान अफ द म्याच घोसित भए।
आज दिउँसो ३ बजे हुने खेल चकमके युवा क्लब र न्यू कमलामाई युवा क्लब विच हुने आयोजक नब बथानचौडि युवा क्लबले जनाएको छ ।