Thursday, October 3, 2024

सिन्धुली अस्पतालबाट थप ६ वटा सेवा प्रदान गरिदै

सिन्धुली – सिन्धुली अस्पतालबाट थप ६ वटा सेवा प्रदान गरिने भएको छ । अस्पतालको ४५ औ वार्षिक उत्सवलाई लक्षित गदै अस्पतालबाट प्रदान गरिने सेवालाई थप विस्तार गदै लैजान लागिएको अस्पतालले हिजो शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

अस्पतालले आज आईतबार बाट विपन्न नागरिकलाई आकस्मिक उपचार सेवा, स्तन क्यान्सर स्किृनिङ सेवा, जनआन्दोलन घाईतेको निशुल्क उपचार सेवा, परिवार नियोजन किशोरी कशोर स्वास्थ्य सेवा र मुख्यमन्त्री जनता स्वास्थय परिक्षण कार्यक्रम संचालन गर्ने छ ।

बिपन्न नागरिक आकस्मिक उपचार कार्यक्रम अन्तर्गत विपन्न नागरिकका निम्ति आकस्मिक तथा (आइसियु) उपचार कोष स्थापना गरिने र यस कोषमा अन्य स्रोतबाट प्राप्त सहयोग रकम थप गदै कोषको रकम विपन्न नागरिकको उपचारमा खर्च गरिने र ३० वर्ष माथिका महिलाहरूको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरि क्यान्सरको आशङ्का गरिएका महिलाहरूको निदानात्मक जाँचको लागि सम्बन्धित अस्पतालमा प्रेषणको व्यवस्था मिलाइने मेडिकल सुपरिटेण्डेन उमेश प्रधानले बताउँनु भयो ।

उहाँका अनुसार सम्बन्धित निकायबाट परिचय पत्र प्राप्त गरेका जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गरिने र १६ वर्ष भन्दा माथिका हर्नियाँ भएका सेवाग्राहीहरूको निःशुल्क शल्यक्रिया गरिने छ ।

यस्तै, परिवार नियोजन किशोर किशोरी स्वास्थ्य सेवा अन्तर्गत परिवार पुरा भएका पुरुष तथा महिलाहरुलाई स्वास्थ्य कार्यालयसंग समन्वयन गरि मिनिल्याप र भ्याक्सेटोमि बिधि मार्फत निशुल्क बन्धयाकरण सेवा उपलब्ध गराईने र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम व्यवस्थापन कार्यबिधि २०७९ बमोजिम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरिने छ ।

सिन्धुली अस्पतालले आजको दिनसम्म २४ सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, एम्बुलेन्स सेवा, हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा लगायत अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

spot_img

Hot Topics

Related Articles