Thursday, November 14, 2024

सिन्धुलीमा सवारी कारबाहिबाट एक महिनामै झण्डै ३४ लाख राजश्व संकलन

सिन्धुली – असोज महिनामा सिन्धुली ट्राफिक प्रहरीले ३३ लाख ९० हजार रुपैँया राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरि सवारी चलाएका ३२ सय ५० सवारीबाट उक्त जरिवाना संकलन गरिएको कार्कीले बताउनुभयो ।

तथ्यांक अनुसार सिन्धुलीमा सबैभन्दा बढि ट्राफिक नियम उल्लंघन गर्नेमा सुमो/उईँगर र हायस/माइक्रो अघि छ । भदौ महिनामा ८०३ वटा सुमो/उईँगर र हायस/माइक्रोलाई कार्वाही गर्दा आठ लाख ६३ हजार राजश्व संकलन गरिएको कार्कीले बताउनुभयो ।

त्यस्तै, एक महिनामा ४९६ ट्रक, पाच सय ८२ बस, एक सय ५३ ट्रयाक्टर, सात सय ८३ मोटरसाइकल र चार सय ३३ अटो ट्राफिक कार्वाहीमा परेका छन् । ट्राफिक नियमको उल्लंघन गरेबापत ट्रकबाट पाच लाख १७ हजार, बसबाट छ लाख १४ हजार, ट्रयाक्टरबाट एक लाख ५८ हजार, मोटरसाइकलबाट आठ लाख १५ सय रुपैँया जरिवाना असुल गरिएको छ ।

spot_img

Hot Topics

Related Articles