Tuesday, October 8, 2024

सिन्धुलीमा तिहारको रमझम ,विष्फोटक पटका भित्रन नदिन प्रहरीले बढायो सक्रियता

सिन्धुली सिन्धुली सिन्धुलीमा तिहारको रमझम बढेको छ । जिल्ला सदरमुकार देखि ग्रामिण क्षेत्रका बजारहरुमा समेत तिहारको रमझम बढेको हो ।

बजार, गाउँघर एवम बस्ती बुहारी सिंगारिए झैँ झकिझकाउ सिँगारिएका छन । जिल्लाको मुख्य बजार सिन्धुलीमाढी, भिमान, दुधौली, खुर्काेट र चकमके लगाएत जिल्लाभर नै अहिले साँझको समयमा झिलिमिलि बतीहरु देखिन थालेको छ ।

वर्षमा एक पटक आउने फुलहरु र वत्तिहरुको पर्व तिहार मनाउन तयारी गर्नेहरुको बजारमा भिड देखिएको छ । सिन्धुलीमाढी क्षेत्र तिहारको केही दिन अगाडि देखि नै प्लाष्टिकका फुल साथै साँझको समयमा विभिन्न किसिमका बत्तिले झिलिमिलि देखिन थालिएको छ ।

बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढेको छ । हिन्दु धार्मिक विधिले पूजाआजा नगरे पनि सबै जाति, समुदाय र धर्मका नागरिकहरुले घर वरिपरि उज्यालो पारेका दिप प्रज्वलन गर्ने घर वरीपरी विद्युतिय वत्तीहरु बाल्ने गर्दछन् ।

सिन्धुलीमाढी बजारमा विद्युत्तिय बत्तिको माग बढेको व्यापारीहरुको भनाइ छ । “अहिले विद्युत्तिय बत्तिको माग धेरै नै बढेको छ । बत्ति किन्न इलोक्टोनिक पसलमा मानिसको भिड हुने गर्छ ।” सिन्धुलीमाढीका एक व्यवसायीले भन्नुभयो । जिल्लाको सदमुकाम समेत रहेको सिन्धुलीमाढी बजारमा विभिन्न रङ्गका प्लाष्टिकका फुलले बजार नै आकर्षित बनाएको छ । बजारमा सजायका फुलले सिन्धुलीमाढी बेहुली सिँगारिए झैँ झकिझकाउ देखिएको छ ।

यता स्थानिय प्रहरी प्रशासनले विष्फोटक पटका प्रयोगमा प्रतिवन्ध लगाएको भएपनि छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण विभिन्न नाकाहरुबाट त्यस्ता पटका सिन्धुलीका मुख्य बजारमा भित्रिएका छन । सिन्धुली र नेपाल भारत सिमानाको सम्सि नाकाको दुरि नजिक भएकाले पनि विष्फोटक पटका बढी मात्रामा बजार भित्रिने गरेका छन् ।

आफुहरु त्यसलाई नियन्त्रण गर्ने कार्यमा लागि परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । बजारमा बढी मात्रमा विष्फोटक पटका भित्रिने क्रम बढेपनि त्यसलाई नियन्त्रण गरिरहेको डिएसपि उहाँको भनाइ छ ।

विगतको वर्षमा जस्तै बर्दिवास हुदै सिन्धुलीमा विष्फोटक पदार्थ भित्रन सक्ने आशंका रहेकोले प्रहरीले तिहार आउनुु एक साता अगाडि बाटै विपि राजार्गमा चेकजाचँलाई कडाइ गरेको छ ।

यस्तै उहाँले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह समेत गर्नुभएको छ ।

spot_img

Hot Topics

Related Articles