Tuesday, October 8, 2024

सिन्धुलीमा आफ्नो पक्षमा जित हात पार्न उम्मेदवार घरदैलो अभियानमा

सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैसँगै राजनितिक दल दौडधुपमा व्यस्त छन् ।

आफ्नो पक्षमा जित हात पार्नका लागि उम्मेदवार र राजनितिक दलका नेता दौडधुपमा व्यस्त भएका हुन् । दुइ वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको जिल्लामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी अस्तित्वमा छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले वडा तथा पालिका स्तरिय बैठक साथै संगठन विस्तारको कामलाई अगाडि बढाएको छ ।

नेकपा एमाले सिन्धुलीका सचिव नाराण बरालका अनुसार एमालेले जिल्लाका सम्पूर्ण वडा तथा टोलमा संगठन विस्तार साथै बैठकको कार्य गरिरहेको छ । एमालेले प्रत्येक वडामा वडाकमिटि पूर्ण बैठक तथा भेटघाटको कार्यक्रम गरिरहेको बरालले बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलो कार्यक्रम गर्न व्यस्त देखिन्छ । वडा तथा टोलटोलमा पुगेर उम्मेदवार भोट माग्न थालिसकेको एमालेका एक नेताले जानकारी दिए । विभिन्न योजना तथा एजेण्डाका साथ एमालेका उम्मेदवार गाउँगाउँ पुगिरहेका छन् भने कार्यकता तथा नेता आफ्नो पक्षलाई भोट मागिरहेका छन् ।

गठबन्धन दलका उम्मेदवार साथै नेता पनि आफ्नो पक्षमा जित हात पार्न गाउँ पसेका छन् । पाँचदलिय गठबन्धन दलका उम्मेदवार टोल, बस्ती र घरदैलोमा पुगेर भोट मागिरहेका छन् । वडा कमिटि, टोल कमिटिको बैठकको आयोजना गरि आफ्ना योजना तथा एजेण्डा जनता समक्ष पुराउन नेताहरुले आग्रह गरिरहेका छन् । साथै आफ्ना चुनावी एजेण्डा विभिन्न संचारमाध्यबाट नागरिकलाई जानकारी गराइरहेका छन् ।

spot_img

Hot Topics

Related Articles