Monday, March 24, 2025

सिन्धुलीगढीमा १४ दिनमा पाँच हजार पर्यटक भित्रिए

सिन्धुली – सिन्धुलीगढीमा १४ दिनमा पाँच हजार पर्यटक भित्रिएका छन् । दशैँको घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म ५ हजार पर्यटक विभित्रएका हुन् ।

चाडपर्वको समयमा सिन्धुलीगढीमा पर्यटक बढेका छन् । १४ दिनमा २ लाख बढी राजस्व संकलन भएको युद्धसंग्रालय प्रशासन प्रमुख रविन योन्जनले बताउनुभयो । सिन्धुलीगढीमा युद्ध संग्राहलय निर्माण भएसँगै पर्यटक बढेको हो ।

चाडपर्व मनाउन विपि राजमार्ग हुदै आउने र जानेले पनि सिन्धुलीगढी अवलोकन गर्ने भएकाले अहिले पर्यटक बढेको हो । आर्थिक वर्ष २०७८-०७९ मा १ लाख १५ हजारले युद्ध संग्रालय अवलोक गरेका छन् । युद्ध संग्राहलय अवलोकन गरेबापत ५५ लाख भन्दा बढी राजश्व संकलन भएको छ ।

साउन देखि हाल सम्म ७ लाख भन्दा बढी राजस्व संकलन भइसकेको छ। नेपाललाई उपनिवेश बनाउन आएको इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लाको युद्ध संग्रहालयले पर्यटकहरूलाई मात्र नभएर अन्य इतिहासबारे जिज्ञासा राख्ने मानिसहरूलाई समेत अध्ययन अनुसन्धान गर्नको लागि महत्वपूर्ण स्थल भएको छ ।

वीरताको इतिहासका दस्तावेजहरूसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षण केन्द्र बनेको छ । संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरूको नामांकन गरिएको छ भने ६ हजार २८१ स्क्वायर फुटको संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू सबैजसो राखिएको छ ।

संग्रहालय भित्र तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत सामाग्री राखिएको छ । साथै संग्रालय नजिकै सौगात गृह पनि संचालनमा आएको छ ।

सिन्धुलीगढी घुम्ने आउने महिलालले विभिन्न जातजातिको पहिरनमा सजिइ फोटो किच्न पाउने व्यवस्थाप पनि गरिएको छ । तिनै तहका सरकारको करिब चार करोड पचास लाख रुपैयाँ बजेटमा बर्दबहादुर गणले संग्रालय निर्माण गरेको हो ।
सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले वीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २७६ वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरू गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरूले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए ।

ब्रिटिस कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको थियो ।

नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजित छ । जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ । गढीमा दुईवटा टापुमा युद्धको समयमा सानो र ठूलो तोप राखेकाले सानोगढी र ठूलोगढी भनिएको हो ।

गढीको स्थापना कहिले भयो भन्ने तथ्य फेला नपरे पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले १७६२ मा निर्माण गराएको गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए । गढीमा बसेर वीर गोर्खालीले युद्ध जितेको स्थलमा फोटो खिच्न पाउदा पर्यटकहरू छुट्टै आनन्दको अनुभूति गर्दछन् ।

पूर्खाले बगाएको रगतको कथा सुन्न पाउँदा गर्वले छाती फुलाउँछन् । कतिपय पर्यटक यो नेपाली शिर उचाली संसारमा लम्कन्छ भन्ने गीतमा नाच्नसमेत लाग्दछन् । सिन्धुली गढीमा पृथ्वीनारायण शाहले विजय युद्धपछि सेना बस्न काठ र खरको छानो राखेर घर बनाई गढीको स्थापना गरेको इतिहासमा उल्लेख छ ।

१९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्नेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, इँटाको गारो लगाएको दुईतले दरबार निर्माण सुरू भएकोमा पछि गढीका कर्नेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए । सिन्धुली गढीको क्षेत्रफल तीन हजार वर्गमिटरमा फैलिएको छ ।

spot_img

Hot Topics

Related Articles