Thursday, January 23, 2025

सिन्धुलीमा लागुऔषध सहित एक युवक पक्राउ

सिन्धुली – सिन्धुलीमा प्रहरीले लागुऔषध सहित २५ वर्षिय एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरिक्षकको कमाण्डमा ट्राफिक सहित खटिएको प्रहरी टोलिले सवारी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।

विपि राजामार्ग अन्र्तगत कमलामाई नगरपालिका ९ चोरखोलामा झापाबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९७९९ न. को ध्ष्लनभच गाडी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो ।

गाडिको अन्तिम सिटमा सवार झापा हल्दिवारी गाउँपालिका १ का २५ वर्षिय बिशाल राईले बोकेको भिर्ने झोलाको भित्री भागमा सेतो प्लास्टीक भित्र अन्दाजी १०१ ग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ (लागु औषध ) फेला पारेको उहाँले बताउनुभयो ।

लागुऔषध सहित राइलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ । थप अनुसन्धान भइरहेको छ ।

spot_img

Hot Topics

Related Articles