Saturday, February 15, 2025

मंगलबार भएको खेलमा ब्लु अल्पाइन र सिन्धु सामुदायिक क्लब विजयी

सिन्धुली – सहिद ऋषि राज देवकोटा (आजाद) स्मृती फुटबल प्रतियोगितामा आज मंगलबार दुई खेल सम्पन्न भएको छ ।

आज मंगलबार बिहान भएको रोमान्चक खेलमा ब्लु अल्पाइन क्लब सिन्धुलीले जन संगम युवा क्लब चन्दनपुर लाई ६ -५ ले हराउदै सेमि फाईनल मा प्रवेश गरेको छ।


त्यस्तै आज दिउँसो भएको रोमान्चक खेलमा सिन्धु सामुदायिक युवा क्लब दुधौलीले शुभ सिन्धु युवा क्लब लाई ५ – ० ले हराउदै सेमिफाइनल मा प्रवेश गरेको छ।

भोलि बुधाबार विहान ७.३o बजे बर्द बहादुर गण र न्यु कमलामाई युवा क्लब विच खेल हुने छ भने दिउँसो ३ बजे नं २ छिन्नमस्ता बाहिनी र चकमके युवा क्लब विच खेल हुने आयोजक नब बथानचौडि युवा क्लबले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles