Tuesday, January 21, 2025

हरिहरपुरगढी गाउँपालिकाद्धारा अव्यवस्थित बसोबासीहरुलाई निस्सा कार्ड वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा कार्ड वितरण गरेको छ ।

गाउँपालिकाको आयोजनामा मंगलबार एक कार्यक्रमका बिच भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा कार्ड वितरण गरेको हो ।
कार्यक्रममा वडा नं। ४ मा ५ सय ५६ जना र वडा नं। ५ मा ८ सय ८५ गरि १ हजार ४ सय ४१ भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा कार्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबालै जानकारी दिनु भयो ।

उहाँका अनुसार अब गाउँपालिकाको वडा नम्बर १, २, ६ र ७ मा निस्सा कार्ड बितरण गर्न बाकी रहेको छ । गाउँपालिकाका अध्यक्ष वाईबाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका वडा अध्यक्ष, पाटी प्रतिनिधि, कार्यपालिका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles