सिन्धुली – स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ बाषिक साधारण सभा सम्पन्न भएको छ ।
स्वर्णिम भबिष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा सहकारी महासंघ लेखा तथा सुपरिवेक्षण समितका सदस्य बालकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रलाई सम्बोधन गदै संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले संस्था स्थापना भए देखि सदस्यहरुको हितलाई ध्यानमा राख्दै हितकोषको व्यवस्था गरिएको र यसलाई निरन्तर अघि बढाउँने बताउँनु भएको छ । साथै उहाँले संस्थाले अबको आर्थिक बर्षबाट १५ प्रतिशत बोनस वितरण गर्नेे बताउँनु भयो ।
यस्तै, कार्यक्रममा सहकारी महासंघ लेखा तथा सुपरिवेक्षण समितकी सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि श्रेष्ठले काभिडको बेलामा पनि सहकारीले अहोरात्र खटेर काम गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । साथै, सहकारीले अबका दिनमा सामाजिक उत्तरदायित्तवको कुरामा अलि ध्यान दिन आवश्यक रहेका बताउँनु भयोे ।
कार्यक्रममा संस्थाले उत्कष्ट वचतकर्ता मध्ये महिलाबाट चित्र कुमारी श्रेष्ठ(पुजा) र पुरुष तर्फबाट महेन्द्र यादवलाई मायाको चिनो, प्रमाणपत्र सहित सम्मान गरेको छ ।
साथै, संस्थाले बाल बचतकर्ताबाट बालिका सुनिता आछामे र बालक राजन मण्डललाई मायाको चिनो, एक एक दर्जन कपी र प्रमाण पत्र प्रदान गरि सम्मान गरेको छ भने असल ऋणीबाट महिलामा गीता कुमारी दुुरामगर र पुरुषतर्फबाट जितेन्द्र चौधरी साथै उत्कृष्ट कर्मचारी सहयोगकर्ता र संस्थाका प्रबन्धकलाई पनि सम्मान गरेको छ । कार्यक्रममा लेखा तथा सुपरिवेक्षणको प्रतिवेदन संयोजक कृष्ण प्रसाद गौतमले प्रस्तुत गर्न भएको थियो ।
संस्थामा हाल १ हजार ८ सय ५१ जना सदस्यहरु रहेका छन् । कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष राम बहादुर विश्वकर्मा, जिल्ला जडीबुटी संघका अध्यक्ष महेन्द्र बस्नेत, शेयरसदस्य, संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो ।