Thursday, November 14, 2024

सिन्धुलीमा ५८ औँ राष्ट्रिय बाल दिवस मनाईयो

सिन्धुली- सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना गरि ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नाराका साथ ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको हो । दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकाले बुधबार अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।

हाजिरी जवाफ प्रतियोगितामा आधारभूत विद्यालय देउराली प्रथम, कपिलाकोट माध्यमिक विद्यालय छाप द्धितिय र नवज्योति आधारभूत विद्यालय धमिलेले तृतिय स्थान हासिल गरेको सफल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकी उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यस्तै, दिवसकै अवसरमा सिन्धुलीको सुनकोसी गाउँपालिकाले पनि मा.वि स्तरीय वक्तृत्वकला र आ.वि स्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको थियो ।

बक्तृत्वकला प्रतियोगीता तर्फ ज्वालादेबी मा.बि वालुवाकी सुनिमा दोङ प्रथम, गा्रमकाली मा.विकी डम्मर कुमारी अधिकारी द्धितिय, कुशेश्वर बिद्यापीठ मा.बि.की मुक्ता योन्जन तृतिय, पञ्चकन्या मा.बि कोठगाउँकी रीता बुर्जा सान्त्वना भएकी थिईन् ।

यस्तै निबन्ध लेखन तर्फ कुशेश्वर बिद्यापीठ मा.वि की सजिना श्रेष्ठ प्रथम, ज्वालादेबी मा.बिकी सम्झना प्रसाइ द्धितिय, पशुपति आधारभूत बिद्यालयकी रुबिना श्रेष्ठ तृतिय र ज्वालादेबी मा.बिका निश्चल मग्रातीले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रममा आमा बाबु बिहिन दुई बालक लाई झोला र केही स्टेशनरी सामान बितरण गरिएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गायत्री दाहालले जानकारी दिनु भयो ।

कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोईराला लगायत गाउँपालिकाका अन्य कर्मचारी तथा विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ।

spot_img

Hot Topics

Related Articles