Thursday, January 23, 2025

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली – विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।

सिन्धुलीको नव बथान चौडी युवा क्लबको आयोजनामा र कमलामाई नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको तेस्रो संस्करणको प्रतियोगिता यही असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म हुने छ। प्रतियोगिताको विजेताले २ लाख २ हजार २ सय २२, उप विजेताले १ लाख १ हजार १ सय ११ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ५ हजार ५ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको सहय आयोजकमा भीमान युवा क्लब, इनारपानी युवा क्लब, सुविधानगर युवा क्लब, रातो गुराँस युवा क्लब र बाल युवा सञ्जाल कमलामाइ नगरपालिका ९ रहेका छन् । प्रतियोगिताका खेलहरु जन जागृति माध्यामिक विद्यालयको खेल मैदानमा हुनेछ ।

spot_img

Hot Topics

Related Articles