Saturday, July 13, 2024

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली – सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्त दान, जीवन दान, भन्ने नारासहित ने.रे.सो. जलकन्या उपशाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।

सामाजिक क्रियाकलाप अन्तर्गत ने.रे.सो. जलकन्या उपशाखले वडा दशैँ २०७९ को अवसरमा शुभकामना आदान प्रदान सहित रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

ने.रे.सो. जलकन्या उपशाखा सभापति राम प्रसाद सिग्देल, कार्यसमिति सदस्य बलराम अधिकारी ,जनप्रतिनिधि, शिक्षक, वडाका कर्मचारी लगायत स्थानियहरु रक्तदान कार्यक्रममा सहभागि भएका थिए ।

spot_img

Hot Topics

Related Articles