सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाले ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधि सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले बिहिबार एक कार्यक्रमका बिच विद्यालयहरुलाई सूचना प्रविधि सामाग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिकाले आधारभूत विद्यालय पाङ्ग्रेखोला, जनज्योति आधारभुत बिद्यालय बरुण शिरटोल, आधारभूत विद्यालय लामिदमार फुलवारी, पञ्चकन्या आधारभुत बिद्यालय घलानचौरलाई एक एक थान डेस्कटप कम्प्यूटर हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, सिर्जनसिल आधारभुत बिद्यालय सखौरी, नवज्योति आधारभुत बिद्यालय धमिले, आधारभूत विद्यालय देउराली र आधारभूत विद्यालय तल्लो खन्जनी घाटालाई एक एक थान प्रोजेक्टर १ हस्तान्तरण गरिएको हो ।
साथै, गाउँपालिकाले दिवसकै अवसरमा युवा तथा खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान पनि गरेको छ ।
गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानको अध्यक्षता र बागमती प्रदेश सांसद राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।