Thursday, October 3, 2024

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको गाउँपालिकाले आईतबार एक सुचना निकालेर जानकारी दिएको हो ।

गाउँपालिकाले हिजो आईतबार निकालेको सूचना अनुसार वडा नम्बर १ मा भोलि मंगलबार, वडा नम्बर २ र ६ मा १३ गते बिहिबार, वडा नम्बर ३ र ७ मा १४ गते शुक्रबार, वडा नम्बर ४ र ५ मा १२ गते बुधबार सिद्धार्थ बैक गालन्जोर र हिमालयन बैक खुर्कोट शाखाबाट वितरण गरिने छ ।

सामाजिक सुरक्षा भत्ता लिनका लागी लाभग्राही बाहेक अन्य सेवाग्राहिले लाभग्राहिको सामाजिक सुरक्षा भत्ता लिन आउँदा अनिवार्य रुपमा सम्बन्धित वडाको ३५ दिन नकाटेको सिफारिस पेश गर्नु पर्ने छ भने खाता खोल्न बाँकी लाभग्राहिको दशै पछि मात्र वितरण गरिने छ ।

spot_img

Hot Topics

Related Articles