Thursday, November 14, 2024

स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरी आमाहरुलाई मरिण गाउँपालिकाद्धारा पोषण खर्च प्रदान

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरी आमाहरुलाई पोषण खर्च प्रदान गरेको छ ।

गाउँपालिकाको मातृशिशु सुरक्षा एवं संरक्षण कार्यविधि २०७९ अनुुसार लैङ्गिक समानता को लागि स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरी लाई शुक्रबार पोषण खर्च प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले वडा नम्बर २ की २१ बर्षीय मान कुमारी आलेलाई स्वास्थ्य केन्द्रमै पुगेर ५ हजार नगद प्रदान गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

मातृशिशु सुरक्षा एवं संरक्षण कार्यविधि २०७९ अनुुसार नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा दिईने सुविधा वाहेक गाउँपालिकाको तर्फबाट प्रोटोकल अनुसार गर्भवती जाँच गर्ने २० बर्ष उमेर पुगेका महिलाहरुलाई ८ पटक जाँच गरेको दुई हजार, सुत्केरी हुन स्वास्थ्य केन्द्र आउनको लागि निशुल्क एम्बुलेन्स व्यवस्था गरिने र स्वास्थ्य संस्थामा छोरी जन्माउने सुत्केरीहरुलाई नगद ५ हजार दिईंने गाउँपालिकाले जनाएको छ ।

साथै,, गाउँपालिकाले आजैबाट प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा रेबिज विरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराउँने छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles