सिन्धुली – जिल्ला हुलाक कार्यालय सिन्धुलीले एक वर्षमा ९७ हजार थान भन्दा बढी टिकट बिक्री वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८-७९ मा ९७ हजार ७ सय ९३ थान टिकट बिक्री गरेको हो ।
जिल्ला हुलाक कार्यालयबाट टिकट खरिद गरि बजारका स्टेशनरी पसल, फोटो पसलबाट पनि टिकट बिक्री वितरण हुँदै आएको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।
साउन महिनामा ८ हजार ६ सय ७५ थान टिकट विक्रि हुदाँ ८४ हजार ७ सय ४० राजश्व संकलन भएको थियो । यस्तै भदौमा ५ हजार ३ सय २२ टिकट विक्रि हुदाँ ५६ हजार ९ सय ५०, असोजमा ४ हजार ३ सय ५० थान टिकट विक्रि हुदाँ ४१ हजार ९ सय ८०, कात्तिकमा ७ हजार ६ सय ४२ टिकट विक्रि हुदाँ ७८ हजार ३ सय १०, मङ्सिरमा ६ हजार ८ सय ९७ थान टिकट विक्रि हुदाँ ६२ हजार ५ सय ६० रकम संकलन भएको छ ।
पुसमा १४ हजार ७५ थान टिकट विक्रि हुदाँ १ लाख १० हजार ८ सय, माघमा १० हजार २ सय ४९ थान टिकट विक्रि हुदाँ ६२ हजार ५ सय १०, फागुनमा ९ हजार दुइ सय ३१ टिकट विक्रि हुदाँ ५७ हजार १ सय ६०, चैतमा १४ हजार ८ सय ७३ टिकट विक्रिबाट १ लाख १९ हजार ३ सय ५०, वैशाखमा ३ हजार १ सय ८० थान टिकट विक्रिबाट ३१ हजार ४ सय, जेठमा ५ हजार ७ सय ९१ थान टिकट विक्रिबाट ६० हजार २ सय १० र असारमा ७ हजार ५ सय ८ थान टिकट बिक्रीबाट ७८ हजार ५ सय ६० रकम संकलन भएको हुलाक कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयले एक वर्षमा टिकट विक्रिबाटमात्रै ८ लाख ३५ हजार ५ सय ३० राजश्व संकलन गरेको छ ।
कार्यालयले एक वर्षको अवधिमा विभिन्न सेवाबाट रु १३ लाख ४४ हजार चार सय ८४ राजस्व सङ्कलन गरेको छ । हुलाक सेवा शुल्कबाट रु ९ लाख ७१ हजार १ सय ६९, अन्य प्रशासनिक सेवा शुल्कबाट ८ सय ३०, प्रशासनिकदण्ड, जरिवाना र जफतबाट ३० हजार ९ सय ३, रेडियोएफएम संचालक दस्तुर ४७ हजार ७ सय ७७, टेलिभिजन संचालक दस्तुर ३ लाख १३ हजार ८ सय ५ राजश्व सकंलन भएको हो ।
जिल्लामा एउटा जल्ला हुलाक कार्यालय, १२ वटा इलाका हुलाक कार्यालय र ४२ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह हुँदै आएको कार्यालयले जनाएको छ । चिठीपत्रको दर्ता चलानी र ढुवानीको सेवा बाहेक जिल्ला हुलाक कार्यालयले द्रुत डाँक सेवा, जिल्लामा सञ्चालित केबल टेलिभिजनको इजाजत नविकरण तथा रोयल्टी लिने सेवा, पाँच सय वाट क्षमतासम्मका एफएम रेडियोको इजाजत नवीकरण रोयल्टी लिने कार्य पनि गर्दै आएको छ ।
यसैगरी टिकट बिक्री, पत्रपत्रिका दर्ता तथा नविकरण, प्रेस प्रतिनिधिको प्रमाणपत्रको नविकरण, जिल्लास्थित सञ्चारगृहले लोककल्याणकारी विज्ञापन प्रकाशन गरे नगरेको यकिन गरि भुक्तानी दिने कार्य, जिल्लाभरका सार्वजनिक निकायको सूचना अधिकारीको विवरण सङ्कलन, अद्यावधिक गर्ने र प्रकाशन गर्ने काम तथा जिल्लाका सार्वजनिक निकायले त्रैमासिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना प्रकाशित गरे नगरेको बारेमा पनि अनुगमन गर्दै आएका छन् ।