सिन्धुली – सिन्धुलीमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार एन्टीजेन्ट बिधिबाट ३६ जनाको स्वाव परिक्षण गर्दा ९ जना महिला र ३ जना पुरुष गरि जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आईतबार थपिए संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९ सय ५५ पुगेको भने ३ हजार ८ सय ६१ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै, हाल होम आईसोलेसनमा २९ जना महिला र २० जना पुरुष गरि जम्मा ४९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार कारोनाको कारण ४५ जनाको ज्यान गुमाएका छन् ।