Saturday, July 13, 2024

सिन्धुलीमा आज ९ जनामा कोरोना पुष्टि

सिन्धुली – सिन्धुलीमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार एन्टीजेन्ट बिधिबाट ५७ जनाको स्वाव परिक्षण गर्दा ६ जना महिला र ३ जना पुरुष गरि जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज शुक्रबार थपिए संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९ सय४३ पुगेको भने ३ हजार ८ सय ६१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, हाल होम आईसोलेसनमा २० जना महिला र १७ जना पुरुष गरि जम्मा ३७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार कारोनाको कारण ४५ जनाको ज्यान गुमाएका छन् ।

spot_img

Hot Topics

Related Articles