Saturday, July 13, 2024

सिन्धुलीको संघीय क्षत्र नम्बर २ अन्तर्गत प्रदेश सभा – ख मा नेकपा एमाले को युवा नेता लामा को उम्मेद्बारी को चर्चा

सिन्धुली – सिन्धुलीको संघीय क्षत्र नम्बर २ अन्तर्गत प्रदेश सभा – ख मा नेकपा एमाले को युवा नेता मनोज लामा को प्रदेश सभामा उम्मेद्बारी को चर्चा हुन थालेको छ । सरकारले मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरे संगै सिन्धुली जिल्ला मा विभिन्न पार्टी का तर्फबाट र स्वतन्त्र उमेदवार हरु को चर्चा चुलिन थालेको हो।


नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य, युवा संघ नेपाल का केन्द्रिय सदस्य तथा युवा व्यवसायी मनोज लामा को चर्चा चुलिएको हो।

परम्परागत राजनीति प्रणाली लाई सुदृढीकरण गर्दै आम युवा हरु लाई राजनीति को मुल बाटो मै प्रवेश गराएर परिवर्तन र समृद्धि को निम्ति नेतृत्व कर्ता नै युवा हुनुपर्ने तर्क सहित मनोज लामा को उम्मेद्बारी को लागी सम्पुर्ण युवा र अग्रज कार्यकताहरुको माग रहेको छ ।

माओवादी केन्द्र को आधार इलाका को रुपमा परिचीत यस प्रदेश मा स्थानीय तह को निर्वाचन देखी नै भएको माओवादी भित्र को आन्तरिक विवाद सतहमा आएको छ त्यस् भित्र रहेका बिद्रोहि मत र नेपाली काङ्ग्रेस र स्वतन्त्र युवा हरु को मतलाई समेट्न सक्ने एकमात्र युवा उमेदवार को रूपमा मनोज लामा लाई लिन थालिएको छ।

spot_img

Hot Topics

Related Articles