Saturday, February 15, 2025

सिन्धुलीका नौ स्थानिय तहको बेरुजु ७१ करोड बढी

सिन्धुली – सिन्धुलीका नौ स्थानिय तहको बेरुजु ७१ करोड भन्दा बढी देखिएको छ । हाल सम्म जिल्लाको नौ स्थानिय तहको बेरुजु ७१ करोड २५ लाख ६७ हजार बेरुजु महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनले देखाएको हो ।

जिल्लाको सबै भन्दा बढी तिनपाटन गाउँपालिकाको बेरुजु देखिएको छ । तिनपाटन गाउँपालिकाको मात्र हाल सम्मको बेरुजु १९ करोड १७ लाख ९ हजार रहेको छ । सुनकोशी गाउँपालिकाको ११ करोड ९७ लाख ८९ हजार बेरुजु देखिएको छ ।

मरिण गाउँपालिकाको हाल सम्म ६ करोड ६२ लाख ४८ हजार, हरिहरपुरगढी गाउँपालिकाको ३ करोड ५ लाख २८ हजार, गोलन्जोर गाउँपालिकाको २ करोड ३२ लाख १२ हजार, घ्याङलेख गाउँपालिकाको ६ करोड २६ लाख ३४ हजार, फिक्कल गाउँपालिकाको ९ करोड १९ लाख ११ हजार कमलामाई नगरपालिकाको ८ करोड २९ लाख २६ हजार र दुधौली नगरपालिकाको ३ करोड ९१ लाख १० हजार बेरुजु देखिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८-०७९ मा तिनपाटन गाउँपालिकामा ३१ लाख ४९ हजार रकम असुल्न बाकिँ रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७८-७९ मा सुनकोशी गाउँपालिकामा ४६ लाख ९० हजार, मरिण गाउँपालिकाको १४ लाख २५ हजार, हरिहरपुरगढी गाउँपालिकाको १२ लाख १७ हजार, गोलन्जोर गाउँपालिकाको ९ लाख २१ हजार, घ्याङलेख गाउँपालिकाको १० लाख, फिक्कल गाउँपालिकाको ३२ लाख ९० हजार, कमलामाई नगरपालिकाको ९७ लाख ३८ हजार र दुधौली नगरपालिकाको १६ लाख १३ हजार असुल्न बाँकि रहेको छ ।

spot_img

Hot Topics

Related Articles