Saturday, July 13, 2024

रवि लामिछाने भोलि सिन्धुली आउदैँ

सिन्धुली– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने भोलि बिहिबार सिन्धुली आउनु हुने भएको छ । लामिछाने सिन्धुलीको जिल्ला भेलालाई सम्बोधन गर्न भदौ १६ गते सिन्धुली आउन लाग्नुभएको स्वतन्त्र पार्टीका गोलन्जोर सम्पर्क व्यक्ति रमेश घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला भेलालाई सम्बोधन गर्न लामिछाने सहित समाजसेवि उज्जवल विक्रम थापा र पार्टीका केन्द्रीय पदाधिकारीको टिम सिन्धुली आउन लागेको घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला भेलामा जिल्लाका सबै पालिका, वडा तथा गाँउ बस्तीबाट सहभागी हुन अनुरोध गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा रहेको कमलामाई पाटीं प्यालेसमा दिउँसो २ बजेबाट कार्यक्रम संचालन हुने घिमिरेले बताउनुभयो ।

पार्टी समर्थित युवा समूहले पार्टीको प्रचार प्रसारलाई तिव्रता दिएको छ । हालसम्म सिन्धुलीमा झण्डै पाँच हजारले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्या लिएको घिमिरेले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles