Saturday, December 6, 2025

मरिण गाउँपालिकाले अनाथ तथा द्धन्द्धपीडित बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिकाले अनाथ तथा द्धन्द्ध पीडित परिवारका बालबालिकालाई अध्ययनमा निरन्तरताका लागी छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम बैठकबाट अनाथ तथा द्धन्द्ध पीडित परिवारका बालबालिकालाई अध्ययनमा निरन्तरताका लागी छात्रबृत्ति सहयोग अनुदान शीर्षकमा विगत आर्थिक बर्षको निरन्तरताको रुपमा बजेट विनियोजन गरिएको हुदाँ अनाथ तथा द्धन्द्धपीडित बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने लागिएको गाउँपालिकाले एक सुचना जारी गदै जानकारी दिएको हो ।

गाउँपालिका स्थायी ठेगाना भई विभिन्न विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत द्धन्द्धपीडित परिवारका बालबालिकालाई छात्रबृत्ति प्रदान गरिने भएकाले अनाथ तथा द्धन्दपीडित परिचय खुल्ने जिल्ला प्रशासन कार्यालय वा वडा कार्यालयको सिफारिस पत्र, हाल अध्ययन गरिरहेको विद्यालयको सिफारिस पत्र र जन्मदर्ताको प्रतिलिपि लिई असोज ९ गते भित्र अनुदान प्राप्तिका लागी कार्यालयमा निवेदन पेस गर्न गाउँपालिकाले सबै द्धन्दपीडित बालबालिकाका अविभावकहरुलाई सुचना मार्फत आग्रह गरेको छ ।

Hot Topics

Related Articles