Saturday, December 14, 2024

फिक्कल गाउँपालिकामा कामका लागि नगदबाट कृषि सडक निर्माण

सिन्धुली- फिक्कल गाउँपालिकामा कामका लागि नगदबाट कृषि सडक निर्माण गरिएको छ । परियोजनाबाट फिक्कल गाउँपालिका ४ स्थित ठूलीवन कृषि सडक स्तरोन्नति गरिएको हो ।

कामका लागि नगद कार्यक्रम अन्तर्गत ठूलीवन कृषि सडकको स्तरोन्नतिले स्थानीयलाई रोजगारीका माध्यमबाट पूर्वाधार बन्दा स्थानीय लाभान्वित भएको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।

श्रम गरेबापत स्थानीय कोभिड प्रभावित र विपन्न नागरिकले केही समयका लागि भए पनि रोजगारी पाएको र विपन्न समुदायलाई आर्थिक रूपमा टेवा पु¥याएको बताउनुभयो ।

५३ जनाले श्रम श्रम गरेबापत उनीहरूलाई १० लाख ६७ हजार ९५० रुपैंया प्रदान गरिएको छ । सडक स्तरोन्नतिका लागि ९० हजारको ढुङ्गा ढुवानी, १ लाख २० हजार ७९ रुपैयाँको सुरक्षाका सामग्री र सूचना बोर्ड ३ हजार गरी १२ लाख ८१ हजार २९ रुपैयाँ लागतमा सडक स्तरोन्नति गरिएको हो ।

रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलद्वारा सञ्चालित तीनपाटन–फिक्कल कोभिड रिकभरी प्रोजेक्ट अन्तर्गत काम सकिएको परियोजना संयोजक पंकज पाण्डेले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles