सिन्धुली- तिज बिशेष कार्यक्रम गर्नका लागी तिनपाटन गाउँपालिकाले हरेक वडालाई २५ हजार रुपैया दिने गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले बताउँनु भयो । तिनपाटन गाउँपालिका वडा नम्बर २ साखाजोरमा भएको गाउँपालिका स्तरीय गठबन्धन तर्फका महिलाहरुको तिज बिशेष कार्यक्रम तथा निर्बाचित जनप्रतिनिधि भेटघाट, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताउँनु भएको हो ।
साथै उहाँले साउनबाट क्यान्सर रोगी, मिगौला पिडित र दिर्घरोगीलाई मासिक ५ हजारका दरले वितरण सुरु गरिएको बताउँनु भयो । महिला लक्षित कार्यक्रम, तरकारी, खेती, भैँसी पालन, बाख्रा पालन लगायतका कार्यक्रमहरु हेफर इन्टरनेश्नल नेपालको प्राबिधिक सहयोगमा गाउँगाउँमा ल्याईने बताउँनु भयो । वडामा कम बजेट पठाएको जन गुनासो आएपनि आफुहरुले वडामा प्रशस्त बजेट पठाएको बताउँनु भयो ।
यस्तै, कार्यक्रममा बोल्नु हुदै गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामीले महिला, बालबालिका, अपाङगता, दलित, जनाजाति लगाएतको अधिकार कार्यान्वयन गर्न गराउँन निति तथा कार्यक्रम समाबेश गरि कार्यान्वयन गरिने बताउँनु भयो । साथै, सुत्केरी महिलाहरुका लागी निशुल्क एम्बुलेन्स सेवा, बालमैत्री लगायतका कार्यक्रम संचालन गरिने बताउँनु भयो ।
कार्यक्रममा नेपाल महिला संघ तिनपाटन गाउँपालिकाकी अध्यक्ष गीता वोगटीले तिज बिशेष कार्यक्रम पार्टीगत नभई महिलाहरुको भावनात्मक एकता, महिला घुलमिल हुने अबसरको रुपमा लिनु पर्ने बताउँनु भयो । साथै उहाँले आफु गाउँपालिकाको न्यायीक सदस्य भएको नाताले अन्यायमा परेकाहरुलाई अदालत, प्रशासनमा नजान र गाउँपालिकाको न्यायीक समितिर्मा बिना खर्च व्यवहारिक न्याय पाईने न्यायका लागी गाउँपालिकामा आउँनु आग्रह गर्नु भयो ।
यस्तै, नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले महिलाहरुले आफुले पाएका सम्पुर्ण अधिकार प्रयोग गर्नुपर्ने कुरामा जोड दिनु भयो । साथै बहुदलीय राजनीतिक प्रणालीमा गठबन्धन हुनु नौलो कुरा नभएको प्रष्ट पार्नु भयो ।
नेपाल महिला संघ तिनपाटन गाउँपालिकाकी अध्यक्ष गीता वोगटीको अध्यक्षता, नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यता, तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगर, उपाध्यक्ष धन बहादुर पुलामीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल महिला संघ जिल्ला सभापति गंगा दहाल, वाइसियल केन्द्रीय सदस्य कुल बहादुर राना , जिल्ला समन्वय समिति सदस्य दान बहादुर तामाङ, नेपाली कांग्रेसका महादिबेशन प्रतिनिधीहरु विश्वनाथ कोइराला, भद्रा मगर, मुकेस घिमिरे, तिनपाटन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकुन्द प्रसाद पौडेल, ३ का लाल ब. स्याङतान, ४का खड्ग ब. भुजेल, ११ का तिलक ब।बस्नेत, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य गम्बीर सिंह तामाङ, हिन्दु माहासंघका केन्द्रीय सदस्य युवराज भण्डारी लगायत १नम्बर तथा २ नम्बर वडाका महीलाहरुको सहभागीता रहेको थियो ।