Thursday, May 30, 2024

सिन्धुलीमा शुक्रबार ७ जनामा कोरोना पुष्टि

सिन्धुली- पछिल्लो २४ घण्टामा सिन्धुलीमा ७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार एन्टीजेन्ट बिधिबाट ३८ जनाको स्वाव परिक्षण गर्दा ३ जना महिला र ४ जना पुरुष गरि जम्मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिए संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९ सय १० पुगेको भने ३ हजार ८ सय २२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, जिल्लामा हाल होम आईसोलेसनमा १६ जना महिला र २९ जना पुरुष गरि जम्मा ४३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार कारोनाको कारण ४५ जनाको ज्यान गुमाएका छन् ।

spot_img

Hot Topics

Related Articles