सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा वृक्षा रोपण गरिएको छ । गाउँपालीकाको आयोजनामा हरित सहर मरिण गाउँपालिकाको रहर भन्ने नाराका साथ वडा नं २ ठुलो गर्दुवामा बिहिबार वृक्ष रोपण गरिएको हो ।
गाउँपालिकाको १० लाख बजेटबाट असोक ३ सय ५०, गुलमर १ सय ५०, धुपी ५०, कल्की ५० गरि जम्मा ६ सय बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । बिरुवाको सुरक्षाका लागी ३ सय छेकबार लगाईएको छ । वातावरण स्वच्छ, हराभरा बनाउँने उदेश्यले वृक्षारोपण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताउँनु भयो ।
वृक्ष रोपण कार्यक्रममा बागमती प्रदेश सांसद बुद्धिमान माझी( बसन्त), गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान, उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, सम्पुर्ण वडा अध्यक्षहरु लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।