Tuesday, October 8, 2024

१६ सय बढी कृषकलाई एभोकाडोको विरुवा बितरण

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले १६ सय भन्दा बढी कृषकलाई निशुल्क एभोकाडोको विरुवा बितरण गरेको छ । फलफुलको बिरुवा बितरण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १ हजार ६ सय ६२ जना कृषकलाई सोमबार एभोकाडोकोे बिरुवा बितरण गरेको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सुजन प्रसाद भट्टराईका अनुसार गाउँपालिकामा ग्राफ्टिङ गरिएको बिरुवा ८ सय र बिजु बिरुवा १ हजार गरि जम्मा १८ सय बिरुवा ल्याईएको थियो । जस मध्ये ७ सय ८२ वटा ग्राफ्टिङ बिरुवा र ८ सय ८० बिजु बिरुवा कृषकलाई बितरण गरिएको छ भने बाकी बिरुबाहरु गाउँपालिकामा लगाउँन राखिएको छ ।

एभोकाडोमा अत्याधिक पौष्टिक तत्व पाइने भएकोले बजारमा यसको माग धेरै रहेको र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने साथै स्वास्थ्यका लागि पनि लाभदायक मानिने भएकाले एभोकाडो खेतीमा कृषकलाई आकर्षित गर्ने उद्देश्यले बिरुवा बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles