Saturday, July 13, 2024

स्वर्गद्वारीबाट फर्कँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, १५ जना घाइते

प्युठान – प्युठानको स्वर्गद्वारी नगरपालिकामा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु ३ च ३५३ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका–४ मा सडकबाट पल्टिँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की गुडिया ठाकुरको ज्यान गएको प्रहरी निरीक्षक लालबहादुर विकले उज्यालोलाई जानकारी दिनुभयो । घाइते १५ जनालाई थप उपचारको लागि बुटवल पठाइएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्री बोकेर फर्किँदै गरेको जीप दुर्घटनामा परेको हो । 

spot_img

Hot Topics

Related Articles