सिन्धुली । स्थानीय तहको निर्वाचनमा गरेको आर्थिक सहयोग रकम अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारले अनेमसंघमै फिर्ता गरेकी छिन ।
अनेमसंघका पदाधिकारी तथा सदस्यहरुले स्थानिय तहको निर्वाचनमा गरेको आर्थिक सहयोग रकम फिक्कल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी सुनुवारले अनेमसंघको खातामा रहने गरि उक्त रकम फिर्ता गरेकी हुन ।

उनले ६२ हजार ५ सय रकम अनेमसंघ सिन्धुलीको खातामा रहने गरि फिर्ता गरेकी हुन । उनले अनेमसंघ सिन्धुलीका कोषाध्यक्ष मेनुका तिमल्सिनालाई उक्त रकमको चेक हस्तान्तरण गरेकी छिन ।
सुनुवारले चुनावको समयमा संघका साथिहरुले व्यक्तिगत रुपमा स्वेच्छाले उठाएर सहयोग गरेकोमा धन्यवाद समेत दिईन ।

सुनुवारले अध्यक्ष जितेसँगै उक्त रकम संघको खातामा रहने र संघ सञ्चालन तथा व्यवस्थापनमा खर्च हुने गरि फिर्ता गरेको बताईन ।
सुनुवार नेकपा एमालेबाट सिन्धुलीका नौ स्थानीय तहमध्ये प्रमुखमा उमेदवार बनेकी एक मात्र महिला थिईन । उनी निर्वाचित पालिका अध्यक्ष हुन ।