Saturday, February 15, 2025

सिन्धुलीमा शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली – पछिल्लो २४ घण्टामा सिन्धुलीमा ५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार एन्टीजेन्ट बिधिबाट २५ जनाको स्वाव परिक्षण गर्दा २ जना महिला र ३ जना पुरुष गरि जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिए संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ८ सय ८० पुगेको भने ३ हजार ८ सय २२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, जिल्लामा हाल होम आईसोलेसनमा ५ जना महिला र ८ जना पुरुष गरि जम्मा १३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार कारोनाको कारण ४५ जनाको ज्यान गुमाएका छन् ।

spot_img

Hot Topics

Related Articles