Saturday, July 13, 2024

सिन्धुलीको फिक्कलमा कृषकलाई घाँसको बिउँ र बेर्ना बितरण

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकाले कृषहरुलाई हिउँदे तथा बहुबर्षे घाँसको बिउँ र बेर्ना बितरण गरिरहेको छ । गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुहिक सरोकार समाज सि.सि.एस सिन्धुलीद्वारा फिक्कल गाउँपालिकामा संचालित साझेदारिमा कृषि तथा पशुपालन उधमशिलता विकास कार्यक्रम अन्तर्गत कृषहरुलाई बर्षे घासको बिउ र बेर्ना बितरण गरेकोे हो ।

गाउँपालिकाको वडा नम्बर २,४ र ५ का २ हजार जना कृषकलार्ई आज मंगलबार घासको बिउ र बेर्ना बितरण गरिएको छ भने बाँकी वडाका कृषकलाई भोली बुधबार बितरण गरिने छ ।

गाउँपालिका भित्र पशु पालन गदै आएका किसानहरुलाई पशु पालन गर्न सहज होस भन्ने उदेश्यले घाँसको बिउँ बितरण गरिएको गाउँपालिकाका वडा नम्बर १ का कृषि प्राबिधिक मोहन सुनुवारले जानकारी दिनु भयो ।

spot_img

Hot Topics

Related Articles