Sunday, December 7, 2025

राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीले आज सिन्धुलीमाढिमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने

सिन्धुली – राष्ट्रिय सहकारी बैँक शाखा कार्यालय सिन्धुलीले आज सोमबार सिन्धुलीमाढिमा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
प्रयास होटल प्रा.लि. कमलामाई ६ लक्ष्मणचोकमा आज विहान १० बजेबाट सुरु हुने सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका कार्यकारी अधिकृत र नायब महाप्रबन्धकको उपस्थिति रहने छ ।
आज हुने कार्यक्रममा २०७७- ०७८ मा सिन्धुली शाखाबाट शाखा स्तरीय नियमित तथा उत्कृष्ट विधामा कारोबार गर्ने सदस्य सहकारी संघ संस्थालाई सम्मान साथै समसामयीक विषयमा छलफल हुने राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीका प्रमुख रेगन बतौलाले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles