Saturday, June 14, 2025

मरिण गाउँपालिकाद्धारा नयाँ तथा पुराना लघुउद्यमीलाई प्रबिधि हस्तान्तरण

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाले नयाँ तथा पुराना लघुउद्यमीलाई प्रबिधि हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागी लधु उद्धम बिकास कार्यक्रम (मेडपा) अन्तर्गत गाउँपालिकाले मंगलबार लघुउद्यमीलाई प्रबिधि हस्तान्तरण गरेको हो ।

गाउँपालिका भित्रका १० जनालाई टनेल, १७ जनालाई जस्तापाता, १९ जनालाई पानीतान्ने मटर हस्तान्तरण गरिएको छ ।

यस्तै, एक एक जनालाई ठेलागाडा र हिलट्याङकी गरि जम्मा ४८ जना उद्यमीहरुलाई ६ लाख बराबरको प्रबिधि हस्तान्तरण गरिएको गाउँपालिकाका उद्यम बिकास सहजकर्ता पवन सुवेदीले जानकारी दिनु भएको छ ।

उद्यमीलाई व्यवसाय संचालन गर्न सहयोग होस् भनेर प्रबिधि हस्तान्तरण गरिएको उहाँको भनाई छ । गाउँपालिकाले यसै कार्यक्रम अन्तर्गत गत बैशाकमा गाउँपालिका भित्रका ४५ जनालाई उन्नत जातका पाठी र २५ जनालाई व्याडे वंगुर बितरण गरेको छ ।

spot_img

Hot Topics

Related Articles