Saturday, July 13, 2024

पर्सामा २ सय ७० किलो गाँजा बोकेको ट्रकसहित २ जना पक्राउ

पर्सा – पर्सामा दुई सय ७० किलो गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पर्साको परवानीपुर सडकमा गाँजा बोकेको यूपी २१ एएन ९९५७ नम्बरको भारतीय ट्रक र बिहारका विजेशकुमार यादव र बिहारकै धर्मेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठूलो मात्रामा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले विशेष टोली खटाएको थियो । 

पक्राउ परेकाहरूलाई लागुऔषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles