Saturday, December 14, 2024

तिनपाटनमा सडकको लागि छुट्याईएको रकम हिनामीना

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ८ स्थित सिउडिबोट रातमाटे हुँदै खुरहरी जोड्ने सडकको लागि छुट्याईएको रकम हिनामीना भएको छ । तीनपाटन गाउँपालिकाको आर्थिक वर्ष ०७८-०७९ बाट सो सडकको लागि छुट्याएको सात लाख रकम उपभोक्ता समितिको अध्यक्ष पृथ्वी बहादुर सार्कि र मेसिन ठेकेदारको मिलेमतोमा रकम हिनामिना भएको हो ।


उपभोक्ता समितिको सचिब र कोषाध्यक्षलाई थाहै नदिई खालिचेकमा हस्ताक्षर गर्न लगाई समितिको अध्यक्षले आफुखुशि मनोमानि गरि मेसिन ठेकेदारलाई रकम बुझाएको आरोप छ । उहाको अनुसार मेसिन के कति रेटमा चलेको र कति चलेको भनि सोध्दा समितिको अध्यक्ष र मेसिन ढेकेदारले जवाफ नदिएको तर आफुहरुले काम सुरु गर्दा र अन्तिम आवर सम्म काम गरेको मिटरको फोटो खिचेर राखेको बताउनु भयो ।


फोटो अनुसार सुरु मिटर २४५९.८ देखि २५३२.६ सम्म जम्मा ७२.८ घन्टा मेसिन चलेको देखिन्छ गाउँपालिका बाट विनियोजित रकम अनुसार काम नभएको तर रकम पुरै भुक्तानी भएको छ । रकम धेरै बचेको तर अध्यक्षले यो विषयमा हिसाब नदेखाएको समितिको गुनासो रहेको छ ।

तिनपाटन गाउँपालिकाले रु छ लाख एकसठि हजार चार सय सत्तरी रकम निकासा भएको बताएपनि समितिका अध्यक्ष र ठेकदारले चार लाख उनन्सत्तरी हजार चार सय सत्तरी रकम निकासा भएको भनि आफुहरुलाई चेकको फोटो देखाएको बताउनुभयो ।


आफुहरुले गाउँपालिकाको योजना शाखामा गएर बुझ्दा लेखा शाखाले दुईवटा चेक काटेको त्यसमध्य चेक नम्बर ५२९०९६३ मा चारलाख उनन्सत्तरी हजार चार सय सत्तरी र चेक नम्बर ५२१२७४९५६ मा दुई लाख बयान्नबे हजार गरि छ लाख एकसठि हजार चार सय सत्तरी रुपैया निकासा भएको जानकारी पाएको बताउनु भयो ।


समितिको खाता रहेको बैँक अफ काठमाण्डौँमा बुझ्दा पनि छ लाख एकसठि हजार चार सत्तरी नै जम्मा भएको देखिएको छ । सो अनुसार उपभोक्ता समितिको अध्यक्षले सम्पूर्ण हिसाब नबुझाएको र हिसाब सार्वजनिक गरौँ भन्दा विभिन्न बाहाना र आलटाल गरिरहेको समितिले पालिका आवाजलाई जानकारी दिनुभयो ।

पारदर्सि हिसाब गरेर बाकि रहेको रकमबाट पुनह काम नगरे सम्पूर्ण प्रमाण सहित अख्तियारमा मुद्धा हाल्ने समेत उपभोक्ता समितिले अध्यक्ष सार्किलाई चेतावनी दिएको छ ।

spot_img

Hot Topics

Related Articles