सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विहान सात बजेबाट साझँ सात बजेसम्म सेवा प्रवाह गरेको छ । सोमबारदेखि प्रशासनले विहान सात बजेबाट साझँ सात बजेसम्म सेवा सुरु गरेको हो ।
राहदानी (पासपोर्ट) र राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढेकाले प्रशासनले दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रिद्धि प्रसाद सिटौलाले बताउनुभयो । उहाँका अनुसार राहदानी (पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको सेवा मात्र १२ घण्टा संचालन हुनेछ ।
बाकिँ अन्य सेवा भने विहान १० बजेबाट साझँ ५ बजे सम्म मात्र संचालन हुनेछ । प्रशासनमा कर्मचारी अभाव भएको उहाँले बताउनुभयो । “कर्मचारी अभाव छ । ८ जना कर्मचारीको कोटा खाली छ । कर्मचारी नभएको कारण सेवाग्राहिलाई छिटो सेवा दिन सकेका छैन ।
हाल कमलामाई नगरपालिकाले नगरबाट ३ जना कर्मचारी पठाएको छ । सेवाग्राहिको अत्याधिक चाप बढेको कारण सेवा प्रवाह समय बढाएका छौँ ।” उहाँले भन्नुभयो ।