Saturday, December 14, 2024

घ्याङलेख गाउँपालिकामा आमाबाबु बिहिन बालबालिकालाई भत्ता बितरण

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आमाबाबु बिहिन बालबालिकालाई भत्ता बितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष ०७८/ ७९ मा प्रदेश सर्शत अनुदान कार्यक्रम अनुसार बाबु आमा बिहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत छनोटमा परेका वडा नम्बर १ का जोगीमाया मुक्तान र रोमिस भोलनलाई भत्ता बितरण गरेको हो ।
उनीहरुलाई मासिक २ हजारका दरले १२ महिनाको २४ २४ हजारको चेक हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बाबु आमा दुबैको मृत्यु भएका, दुबै व्यपत्ता भएका र दुबैको संरक्षणबाट बञ्चित भई अन्य ब्यक्तिको संरक्षणमा रहेका बालकबालिकालाई मासिक २ हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की जानकारी दिनु भएको छ ।
भत्ता बितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, लेखा अधिकृत सुरेश कुमार अधिकारीको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles